२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

यातायात कार्यालय झापाद्वारा ९३ करोड बढी राजस्व संकलन

images

  • २०८१ भदौ २०, बिहीबार
  • 1.1K
    SHARES
  • यातायात कार्यालय झापाद्वारा ९३ करोड बढी राजस्व संकलन

    काठमाडौँ : यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार ८ सय १३ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु ५ करोड १४ लाख ७९ हजार ५ सय ६६ बढी राजस्व संकलन गरेको हो ।

    यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा रु ८८ करोड ६ लाख ८७ हजार २ सय ४७ राजस्व संकलन भएको थियो ।

    गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार ९ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उहनले बताए । यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार ४ सय ४१ र रुट अनुमति ५ सय ३४ दिएको थियो ।

    गत आव २०८०/८१ मा सबैभन्दा धेरै ७ हजार ६सय १५ मोटरसाइकल दर्ता हुँदा १ हजार ७ सय ५ इ-रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ ।

    कार्यालयका अनुसार बस १ सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप १ सय ६०, कार २ सय ७०, भ्यान १ सय ३६, पिकअप १ सय २९, ट्र्याक्टर १ सय ४५, ट्रक ७८, मिनिट्रक १४ र टिपर १४ गत आवमा दर्ता भएका छन् ।

    दर्ता भएका जम्मा सवारीमध्ये १ हजार २ सय ५७ सार्वजनिक, ९ हजार ४ सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र १ हजार ९ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ ।

    निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको ४ दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको ५ दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिए । रासस

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ