२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८१ भव्यताका साथ सम्पन्न

images

  • २०८१ भदौ १९, बुधबार
  • 871
    SHARES
  • सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८१ भव्यताका साथ सम्पन्न

    काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हालै आफ्नो क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ, जुन कार्यक्रम काठमाडौंको सोल्टी होटलमा आयोजित थियो। यस इभेन्टमा देशभरि रहेका शाखा तथा उपशाखाका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अन्य उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

    कार्यक्रममा अध्यक्षले क्लबका सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरूलाई न्यानो अभिवादन र कम्पनीप्रति देखाएको विश्वासका लागि धन्यवाद व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू भविष्यमा पनि ल्याइने कुरा बताए। डेपुटी सिईओ निराजन कंडेलले सफल अभिकर्ता बन्न आवश्यक सीपहरूबारे बोले।

    आर्थिक वर्ष २०८०/०८१ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नी क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरिएको थियो। क्लबमा सहभागी हुन न्यूनतम व्यवसाय लक्ष्यहरू पूरा गर्ने अभिकर्ताहरूलाई सम्मान प्रदान गरिएको थियो।

    २००२ का मिस नेपाल माल्विका सुब्बा कार्यक्रम संचालिका रहेकी थिइन् भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करण परियारले आफ्ना प्रस्तुतिहरु पस्कँदै कार्यक्रमको माहोलमा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनको लागि बिच बिचमा नृत्यको कार्येक्रम पनि समाबेश गरिएको थियो ।

    कार्यक्रमका केहि झलकहरु : 

    srli.jpg
    Sanima Reliance life Insurance 
    srli1.jpg
    Sanima Reliance life Insurance 
    srli2.jpg
    Sanima Reliance life Insurance 
    srli4.jpg
    Sanima Reliance life Insurance 

    srli3.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ