२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गभर्नर अधिकारी सार्फीको अध्यक्षमा चयन

images

  • २०८१ भदौ १९, बुधबार
  • 1.1K
    SHARES
  • गभर्नर अधिकारी सार्फीको अध्यक्षमा चयन

    काठमाडौँ : South Asia Region Financial Inclusion Initiative (SARFII) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ। अब, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी SARFII का अध्यक्षका रूपमा चयन भएका छन्।

    यो नेतृत्व हस्तान्तरण २ सेप्टेम्बर २०२४ मा मध्य अमेरिकी मुलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा जारी 'Alliance for Financial Inclusion (AFI) - Global Policy Forum' को बैठकको दौरान सम्पन्न भएको हो।

    '5th SARFII Leaders Roundtable' मा नेपाल राष्ट्र बैंकले SARFII को अध्यक्षता ग्रहण गरेको छ। यस अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट बैठकको अध्यक्षता गरे। बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई SARFII को उपाध्यक्षको रूपमा चयन गरेको छ। यसअघि, SARFII को नेतृत्व माल्दीभ्स मोनेटरी अथोरिटीमा थियो भने नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्षका रूपमा थिए।

    SARFII सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न 'Global Policy Forum' को बाह्रौं बैठकमा स्थापना गरिएको थियो। यस सञ्जालमा नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू आबद्ध छन्। SARFII को उद्देश्य क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि, संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, र वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नु हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ