काठमाडौं : पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोलीलाई भव्य स्वागत गरिएको छ।

तेक्वान्दो टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदको टोली बाजागाजासहित त्रिभुवन विमानस्थलमा पुगेको थियो।
त्यसपछि पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइएको थियो। राखेपमा उहाँलाई स्वागत गरियो थियो ।



