काठमाडौँ : लक्ष्मी सनराइज बैंकले आफ्नो शाखा स्थानान्तरण गर्ने भएको छ।
बैंकले वीरगन्ज महानगरपालिका वडा नम्बर ६, आदर्शचोकमा रहेको शाखालाई सोही नगरपालिकाको वडा नम्बर ८, लिंकरोडमा स्थानान्तरण गर्न लागेको हो। बैंकले आदर्शचोकबाट प्रवाह हुँदै आएको सेवा भदौ २६ गतेदेखि लिंकरोड शाखाबाट प्रदान गरिने जानकारी दिएको छ।



