काठमाडौँ : महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अन्तर्गत NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
यस समझदारीले बैंकलाई जोखिम व्यवस्थापनलाई अझ सुदृढ गर्दै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
यस कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरूको पालना, सञ्चालन सक्षमता वृद्धि, नियामक निकायका निर्देशनहरूको प्रभावकारी अनुपालन, तथा वित्तीय अनुशासन र रिपोर्टिङ्ग अभ्यासलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
"सबल बैंक, सफल सहकार्य" नारालाई आत्मसाथ गर्दै, महालक्ष्मी विकास बैंकले नेपाली जनताको सेवा गर्दै आएको छ। देशभर १०३ शाखा र करिब ८ लाख ग्राहकहरूसहित, बैंकले विगत ३० वर्षदेखि अनवरत रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।



