२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
विदेशी मुद्रा विनिमय दर

बढ्यो डलर, युरो र पाउन्डको मूल्य, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images

  • २०८१ भदौ १८, मंगलबार
  • 1.5K
    SHARES
  • बढ्यो डलर, युरो र पाउन्डको मूल्य, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौँ : आज सोमबारको तुलनामा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले तय गरेको आजको विनिमय दर अनुसार, अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ रहेको छ। सोमबार अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ थियो।

    हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार, सोमबार एक युरोको खरिददर १४७.९१ रुपैयाँ र बिक्रीदर १४८.५८ रुपैयाँ रहेको थियो, भने आज युरोको खरिददर १४८.२६ रुपैयाँ र बिक्रीदर १४८.९२ रुपैयाँ कायम भएको छ।

    त्यस्तै, पाउण्ड स्टर्लिङको भाउ पनि आज बढेको छ। पाउण्ड स्टर्लिङको खरिददर १७५.९८ रुपैयाँ र बिक्रीदर १७६.७६ रुपैयाँ पुगेको छ, जबकि सोमबार यसको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ थियो।

    आज स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, र चिनियाँ युआनको विनिमय दरमा पनि केही परिवर्तन भएको छ। स्वीस फ्रयाङ्कको खरिददर १५७.५२ रुपैयाँ र बिक्रीदर १५८.२३ रुपैयाँ कायम भएको छ भने अस्ट्रेलियन डलरको खरिददर ९०.७६ रुपैयाँ र बिक्रीदर ९१.१७ रुपैयाँ रहेको छ।

    यस्तै, क्यानेडियन डलरको खरिददर ९९.२६ रुपैयाँ र बिक्रीदर ९९.७१ रुपैयाँ छ भने सिङ्गापुर डलरको खरिददर १०२.४७ रुपैयाँ र बिक्रीदर १०२.९३ रुपैयाँ कायम भएको छ। यसैगरी,जापानी येनको खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ छ भने चिनियाँ युआनको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ रहेको छ। यी दरहरू सोमबारको तुलनामा केही फरक देखिन्छन्, जसले विदेशी मुद्राको बजारमा सानो परिवर्तनलाई जनाउँछ।

    त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकिएको छ। त्यसैगरी, कतारी रियालको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ। आजको विनिमय दर अनुसार, थाई भाटको खरिददर ३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिरामको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

    यसैगरी, मलेसियन रिङ्गेटको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा कायम भएको छ। स्वीडिस क्रोनरको खरिददर १३ रुपैयाँ ६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा रहेको छ, भने डेनिस क्रोनरको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा कायम भएको छ।

    आज हङ्कङ डलरको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ भने कुवेती दिनारको खरिददर ४३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३८ पैसा तथा बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ४ पैसा कायम गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ