२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सफलतापूर्वक सम्पन्न, ५५ भन्दा बढी लिडर्सलाई तालिम प्रदान

images

  • २०८१ भदौ १७, सोमबार
  • 1.3K
    SHARES
  • सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सफलतापूर्वक सम्पन्न, ५५ भन्दा बढी लिडर्सलाई तालिम प्रदान

    काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक तीनदिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। भदौ १४ देखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा "सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा" भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको थियो।

    यस कार्यक्रममा कम्पनीका उत्कृष्ट सिनियर एजेन्सी मेनेजरहरुलाई सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धि गर्न उच्च प्रशिक्षकद्वारा तालिम प्रदान गरियो। कार्यक्रमले लिडर्सलाई नयाँ तरिका अपनाएर आफ्नो टिमलाई सबल र प्रतिस्पर्धी बनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ।

    अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा ५५ भन्दा बढी लिडर्सलाई तालिम प्रदान गरिएको यो कार्यक्रममा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम पनि समावेश गरिएको थियो। कम्पनीले संस्थागत सुशासनलाई कायम गर्दै व्यावसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताउँदै यो कार्यक्रम उत्साहजनक र फलदायी भएको जनाएको छ।

    कार्यक्रमका केही झलक : 

    Citizen-life-1.jpg


    Citizen-life-2.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ