२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय सम्झौता भई १ अर्ब रुपैयाँको बजेट विनियोजन

images

  • २०८१ भदौ १७, सोमबार
  • 1.2K
    SHARES
  • स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय सम्झौता भई १ अर्ब रुपैयाँको बजेट विनियोजन

    काठमाडौँ : नेपाली उद्यमशिलताको विकासका लागि एक महत्वपूर्ण कदमस्वरूप, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक, र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो त्रिपक्षीय सम्झौता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीको उपस्थितिमा सोमबार उद्योग मन्त्रालयको सभाहलमा सम्पन्न भएको हो।

    सो अवसरमा मन्त्री भण्डारीले यो स्टार्टअप कार्यक्रम नेपाली उद्यमशिलताको विकासमा योगदान पुर्याउन, र चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसर प्राप्त गर्नको लागि महत्वपूर्ण रहेको बताए। उनले स्टार्टअप कार्यविधि मन्त्रालयले पारित गरिसकेको र यसका लागि एक अर्ब रुपैयाँको कोष स्थापना गरि देशभर सूचना प्रवाह गरिसकेको जानकारी दिए।

    मन्त्री भण्डारीले सरकारको संकल्प चुनौतीहरुलाई सम्भावनामा बदल्ने र त्यसबाट अवसरहरु प्राप्त गर्ने रहेको बताए। उनले भने कि स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको छ र यस कार्यक्रमलाई आकर्षक रूपमा सञ्चालन गरिँदैछ। यो स्टार्टअप कार्यक्रमको लागि एक अर्ब रुपैयाँको कोष स्थापना गरिएको छ, र यस कोषको बारेमा देशभर सूचना प्रवाह गरेर व्यापक रूपमा आव्हान गरिसकिएको जानकारी दिए।

    #राष्ट्रिय वाणिज्य बैंक #निक्षेप तथा कर्जा सुरक्षण कोष #औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ