२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकपमा भारतले श्रीलंकालाई दियो ३५८ रनको लक्ष्य

images

  • २०८० कात्तिक १६, बिहीबार
  • 731
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकपमा भारतले श्रीलंकालाई दियो ३५८ रनको लक्ष्य

    कात्तिक १६, काठमाडौं : आज आईसीसी एकदिवसीय विश्वकपमा भारत र श्रीलंकाबीच खेल भइरहेको  छ। भारतले श्रीलंकासामु जितका लागि ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनायो। भारतका लागि शुभमन गिलले ९२ रन, विराट काेहली ८८ रन र श्रेयस ऐरले ८२ रन बनाएका थिए। तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए।

    बलिङमा श्रीलंकाका दिलशन मदुशनाकाले ५ विकेट लिएका थिए भने दुश्मान्था चामिराको नाममा १ विकेट लिएका थिए। 

    भारत ६ खेलमा १२ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ भने श्रीलंका ६ खेलमा ४ अङ्कसहित साताैँ स्थानमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ