काठमाडौं :ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको छ ।यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो ।
तर तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुर कास्कीमा निवेदन दिनुपर्ने हुन्छ ।
शेयरको बिक्री मूल्य भने प्रतिकित्ता न्यूनतम ४५० रुपियाँ तोकिएको बताइएकोछ ।



