२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दाङको तुलसीपुरमा अटो दुर्घटना, ८५ वर्षीय वृद्धकाे मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ १३, बिहीबार
  • 541
    SHARES
  • दाङको तुलसीपुरमा अटो दुर्घटना, ८५ वर्षीय वृद्धकाे मृत्यु

     काठमाडौं : दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा दंगीशरण–२ का ८५ वर्षीय जिवराज बस्नेतको मृत्यु भएको  प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४५१३ नम्बरको अटो तुलसीपुर–१२ टरिगै नजिकै आज बिहान साढे ८ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा अटोमा सवार बस्नेत घाइते भएका थिए  ।

    दुर्घटनामा परी गम्भिर घाइते भएका बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।

    उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक दंगीशरण–२ का ४१ वर्षीय गुरु प्रसाद खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ