काठमाडौं: नाडा अटो सो २०२४ सुरू भएको छ। भदौ १६ गतेसम्म चल्ने सवारीसाधन प्रदर्शनी मेलाको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरीले नाडा अटो सोलाई व्यवसायीहरूले दसैँको रूपमा लिने गरेको बताउनु भयो।
नाडा अटो सो २०२४ उद्घाटन समारोहमा अध्यक्ष चौधरीले पहिलो अटो सो गाडी बिक्रीको लागि मात्रै नभई समग्र मोबिलिटीको लागि अटो सो हुने गरेको बताउनुभयो । अटो मोबाइल्स व्यवसाय पारदर्शी रहे पनि ठगको रूपमा चित्रित गर्न खोजेको बताउनु भयो ।
अध्यक्ष चौधरीले १ खर्ब लगानी गरेका अटो व्यवसायी सरकारको अस्थिर नीतिले मारमा परेको बताउनु भयो । । उहाँले नेपालको अटो मोबाइल व्यवसाय ट्रेडिङबाट सुरू भएर उद्योगको रूपमा विकास भइरहेको बताउनु भयो ।
चौधरीले नेपालीले नयाँ प्रविधि छिटो ग्रहण गर्न सक्ने देखिएको उल्लेख गरे। नेपालमा विद्युतीय गाडीको ७० प्रतिशत बजार हिस्सा रहेको भन्दै उहाँले चार्जिङ पूर्वाधारमा अर्बौँ रूपैयाँ लगानी गर्न व्यवसायी तयार रहेको बताउनु भयो।
अटो सोका सहसंयोजक अनुपकुमार बरालले २४ चारपांग्रे, १९ दुईपांग्रे ब्रान्ड र हलुका कमर्सियल गाडी १२ वटा सहितका स्टल रहेको जानकारी दिनु भयो ।



