२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुकुललाई साधारण सदस्यबाट पनि हटाउन अनुशासन आयोगको सिफारिस

images

सत्कार खबर
  • २०८१ भदौ १०, सोमबार
  • 851
    SHARES
  • मुकुललाई साधारण सदस्यबाट पनि हटाउन अनुशासन आयोगको सिफारिस

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भोलि (सोमबार) बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बस्ने बैठकमा पार्टी अनुशासनसम्बन्धी कारबाही, राष्ट्रिय भेलाको तयारी, स्थानीय छायाँ सरकारका कार्यविधी लगायतका विषयमा छालफल हुने पार्टीले जनाएको छ। 

    अनुशासनात्मक कारबाही सन्दर्भमा सोमबार बस्ने बैठकले निलम्बित महामन्त्री डा। मुकुल ढकालबारे अन्तिम निर्णय लिने सम्भावना रहेको नेताहरूले बताएका छन्। 

    पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो। पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो। 

    त्यसपछि पनि उहाँलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको थियो। यद्यपि, ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने तयारीमा रास्वपा पुगेको हो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ