२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बैंकको सेयर धितोमा जाने कर्जा २० प्रतिशतले बढ्यो, एनआईसी, एसबिआई, एभरेष्ट आक्रमक

images

सत्कार खबर
  • २०८१ भदौ १०, सोमबार
  • 1.4K
    SHARES
  • बैंकको सेयर धितोमा जाने कर्जा २० प्रतिशतले बढ्यो, एनआईसी, एसबिआई, एभरेष्ट आक्रमक


    काठमाडौं :बैंकबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्ने क्रम बढ्दै गएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म १९ वटा वाणिज्य बैंकले सेयर धितोमा दिने कर्जा १९.८८ प्रतिशतले बढाएका छन् ।

    गत आवको असार मसान्तसम्म १९ वटा बैंकले सेयर धितोमा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ कर्जा दिएका छन् ।अघिल्लो आवको सोही अवधिमा १९ वटा बैंकहरुले ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ कर्जा दिएका छन् ।

    स्टयान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा कर्जा दिएको छैन । बाँकी १९ वटा बैंकमध्ये ६ वटा बैंकले दिने सेयर धितोकर्जा घटेको छ । बाँकी बैंकको बढेको छ ।सेयर धितोमा जाने कर्जा घटाउने बैंकमा प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंक रहेको छ । बाँकी बैंकले भने सेयर धितोमा जाने कर्जा बढाएका छन् ।

    सेयर धितोमा धेरै कर्जा दिनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । नबिल बैंकले सेयर धितोमा दिने कर्जा २२.७५ प्रतिशतले बढाएर ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

    यस्तै ग्लोबल आइएमई बैंकले सेयर धितोमा दिने कर्जा १९.८० प्रतिशतले बढाएको छ । असार मसान्तसम्म बैंकले सेयर धितोमा दिने कर्जा १९.८० प्रतिशतले बढाएको छ ।यस्तै राष्ट्रिय वाणिज्य बैंकले सेयर धितोमा दिने कर्जा १.७४ प्रतिशतले बढेर ४ अर्ब २६ करोड २२ लाख रुपैयाँ प्रवाह गरेको छ। राष्ट्र बैंककाअनुसार सिद्धार्थ बैंकले सेयर धितोमा दिने कर्जा ४२.१४ प्रतिशतले बढेर ५ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

    कुमारी बैंकले सेयर धितोमा दिने कर्जा १०.३८ प्रतिशतले बढेर ४ अर्ब ३७ करोड ६२ लाख, नेपाल बैंकले दिने कर्जा ७१.८३ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड, सिटिजन्स बैंकले दिने कर्जा ३६।४६ प्रतिशतले बढेर ४ अर्ब ८० करोड ७० लाख, प्राइम बैंकको २६।०२ प्रतिशतले बढेर ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ कर्जा दिएका छन् ।

    यस्तै सानिमा बैंकले सेयर धितोमा दिने कर्जा २५.५९ प्रतिशतले बढेर १ अर्ब ६५ करोड १५ लाख, कृषि विकास बैंकले दिने सेयर धितोकर्जा ३९.९५ प्रतिशत, एभरेष्ट बैंकको ९०.२४ प्रतिशतले बढेर २ अर्ब २ करोड ६९ लाख, एनआईसी एशिया बैंकको २८६.१६ प्रतिशतले बढेर ३ अर्ब ९६ करोड ९० लाख र नेपाल एसबिआई बैंकको ७३९.९७ प्रतिशतले बढेर २० करोड १५ लाख रुपैयाँ रहेको छ ।

    सेयर धितोमा जाने कर्जामा आक्रमक रुपमा नेपाल एसबिआई, एनआईसी एशिया, एभरेष्ट, नेपाल बैंक आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

    सेयर धितोमा दिने कर्जा घटाएका बैंकमध्ये प्रभुको २०.०८ प्रतिशतले घटेर ३ अर्ब १८ करोड १५ लाख, लक्ष्मी सनराइज बैंकको ८.९६ प्रतिशतले घटेर ३ अर्ब ३८ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९.०५ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ८२ लाख, हिमालयन बैंकको ३० प्रतिशतले घटेर २ अर्ब १ करोड १८ लाख, एनएमबि बैंकको ३१.५८ प्रतिशतले घटेर ९८ करोड र माछापुच्छे« बैंकको १५.३६ प्रतिशतले घटेर ४६ करोड ७० लाख रुपैयाँ दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ