२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 टाटा गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा

images

सत्कार खबर
  • २०८१ भदौ ७, शुक्रबार
  • 466
    SHARES
  •  टाटा गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा

    काठमााडैं : टाटा ब्राण्डका गाडी खरिदमा ९.९९ प्रतिशत ब्याजदरमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा महालक्ष्मी विकास बैंक र जे.बी.अटोमोटिभ कम्पनी प्रालिबीच समझदारी भएको छ । 

    महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी. अटोमोटिभबीच हाले समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकले बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्। 

    विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहनेगरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहनेगरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने जनाइएको छ। 

    कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको ‘क्युआर कोड’ स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ