२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

images

सत्कार खबर
  • २०८१ भदौ ६, बिहीबार
  • 956
    SHARES
  • परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

    काठमाडौं :भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ।

    परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गर्नु भएको छ। भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ