काठमाडौं :कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एपमार्फत इजि लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो इजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ । इसेवामार्फत लिइने इजि लोन सुविधामा लागू हुने थप सर्तहरु बारे इसेवाको वेबसाईट–एपमार्फत जानकारी लिन सकिने छ ।



