२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाइँदै

images

सत्कार खबर
  • २०८१ भदौ ५, बुधबार
  • 871
    SHARES
  • आज काठमाडौं   उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाइँदै

    काठमाडौं : आज रोपाइँ जात्रा मनाइँदै छ । रोपाइँ जात्रा धानको रोपाइँ सकेपछि गाईजात्राको भोलिपल्ट मनाउने गरिन्छ । रोपाइँ जात्रा नेवार संस्कृतिबाट शुरू भएको मानिन्छ ।

    गाईजात्राको भोलिपल्ट काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको र राजा प्रताप मल्लले सुरुवात गरेको मानिन्छ । यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी गाउँने र नाच्ने गरिन्छ ।

    विशेष गरी नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । तर ठाउँअनुसार फरक–फरक तरिकाले मनाउने चलन छ ।यसैबीच काठमाडौं को बौद्धमा आज गाईजात्रा तथा रोपाइँ जात्रा विशेष कार्यक्रम हुँदैछ ।

    गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समिति, बौद्धले साँस्कृतिक नगरी बौद्धको परम्परागत गाईजात्रा र रोपाइँ जात्रालाई जीवित राख्ने उद्देश्यले यसवर्ष पनि जात्रा आयोजना गरिएको जानकारी दिएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ