२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सीजी मोटर्सद्वारा १७ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

images

  • २०८१ भदौ ४, मंगलबार
  • 761
    SHARES
  • सीजी मोटर्सद्वारा १७ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

    काठमाडौँ : चौधरी ग्रुपअन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको एकैपटक १७ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ ।

    कम्पनीले काठमाडौंको पानीपोखरीस्थित आफ्नो शोरुमबाट एकै दिन १७ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान काठमाडौंको विभिन्न रुटहरुमा सेवा दिने गरी विभिन्न यातायात व्यवसायीहरुलाई हस्तान्तरण गरेको हो।

    किङलङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ । यसका साथै उक्त गाडीमा ए.बि.एस., इ.बि.डि., १८० एम.एम. ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ ।

    ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ । नेपालभर १ सय ८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ