२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

images

सत्कार खबर
  • २०८१ भदौ २, आइतबार
  • 686
    SHARES
  • नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

    काठमाडौं :नक्कली शरणार्थी प्रकरणका योजनाकारमध्ये एक बेचन झालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । 

    दुवै पक्षको बहसपछि अदालतले बिहीबार झासँग बयान लिएको थियो। बयानका क्रममा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्नु भएको थियो । 

    त्यसैगरी यो प्रकरणमा आफ्नो नाममा दुई करोडको चेक दिएका रामशरण केसीसहितलाई पनि उहाँले नचिन्ने बयान दिनु भएको थियो  । यो प्रकरणका अन्य अभियुक्तहरू जेलमा रहे पनि उहाँ फरार  हुनुहुन्थ्यो । झाला असार १४ गते राति कञ्चनपुरबाट पक्राउ गरिएको थियो ।



    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ