२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शेयर बजार : ३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको कारोबार

images

सत्कार खबर
  • २०८१ भदौ २, आइतबार
  • 846
    SHARES
  • शेयर बजार :  ३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको कारोबार

     काठमाडौं:  भदौ महिनाको पहिलो कारोबारको दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से ३४ दशमलव ४७ अंकले घटेर २९६६ को विन्दुमा पुगेको छ । साउन महिनाको अन्तिम कारोबारको दिन भने ३ हजार विन्दुमा रहेको थियो ।

    आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाखको कारोबार भएको छ ।

     आज वाणिज्य बैंक समूहको शेयर सर्वाधिक ०.८४ प्रतिशतले बढेको छ । यस्तै  जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सामान्य बढेको छ भने अन्य सबै समूहको शेयर घटेको छ । सबैभन्दा बढी घट्नेमा होटल एण्ड टुरिजम रहेको छ । यसको शेयर ४।४९ प्रतिशतले घटेको छ ।

    आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ