२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 ललितपुरको ऐतिहासिक अदालत भवन पुनर्निर्माण हुँदै

images

सत्कार खबर
  • २०८१ भदौ १, शनिबार
  • 386
    SHARES
  •  ललितपुरको ऐतिहासिक अदालत भवन पुनर्निर्माण हुँदै

    काठमाडौं : ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनर्निर्माण हुने भएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनर्निर्माणको काम अघि बढेको छ ।

    जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ ।

    जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो । हाल सो भवन पुनर्निर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ ।

    भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण हुन लागेको सो भवन पुनर्निर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उहाँको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ