२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रभु बैंकका ग्राहकलाई बुद्ध एअरले दिने ८ प्रतिशत छुट

images

  • २०८१ साउन ३२, शुक्रबार
  • 536
    SHARES
  • प्रभु बैंकका ग्राहकलाई बुद्ध एअरले  दिने ८ प्रतिशत छुट

    काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बुद्ध एयरको सेवामा ८ प्रतिशत छुट प्राप्त गर्ने भएका छन्। बैंकका कर्मचारी तथा ग्राहक विशेष छुट दिनेगरी हालै दुई पक्षबीच सम्झौता भएको हो। 

    प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका तर्फबाट डाइरेक्टर रूपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ। 

    बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको बताइएको छ ।

    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ