२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सचेत छः प्रधानमन्त्री ओली

images

सत्कार खबर
  • २०८१ साउन ३०, बुधबार
  • 426
    SHARES
  • लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सचेत छः प्रधानमन्त्री ओली


     काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताउनुभएको छ । लोकतन्त्र विरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरु मुलुकमा प्रकट भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने रु भन्ने बारेमा सरकार सचेत रहेको बताउनुभएको हो ।

    बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले यस प्रवृत्तिलाई निस्तेज पार्न सरकार सजग रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले केही वाञ्छित उपलब्धिहरु हासिल नभएको भन्दैमा ती विषयलाई अतिरञ्जनाका साथ प्रश्तुत गरेर प्रणालीकै विरुद्ध जाने खालको अभिव्यक्तिहरु सरकारका लागि सैह्य नहुने स्पष्ट पार्नुभयो ।

    उहाँले लोकतान्त्रिक प्रणाली विरुद्ध देखापरेका प्रवृत्तिबाट देशलाई मुक्त गराउने काममा सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई अपनाउने सम्बन्धमा राजनीतिक दलहरुबीच फरक मत नभएको पनि बताउनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ