२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

संसदमा आज दलका शीर्ष नेताले सम्बोधन गर्ने

images

सत्कार खबर
  • २०८१ साउन ३०, बुधबार
  • 366
    SHARES
  • संसदमा आज दलका शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। 

    सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेश गरिने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनु भयो ।

    बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकमा केन्द्रित भएर सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी  दिनु भयो ।  

    त्यसपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

    त्यसपछि विधेयकमाथिको छलफल अघि बढ्नेछ। छलफलमा दलका शीर्ष नेताहरुले मात्र भाग लिने र विधेयक पारितका लागि निर्णयार्थ पेश गरिने कांग्रेस प्रमुख सचेतक घिमिरेले बताउनु भयो ।

    आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्ने कार्यक्रम रहेको छ।  

    प्रमुख दलहरुबीच विधेयकका विवादित प्रावधानमा सहमति जुटिसकेकाले लामो छलफल नगरी आजै पारित गर्न लागिएको हो। कानुन न्याय तथा मानवअधिकार समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ