२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सामान्य अंकले बढ्यो नेप्से, २० अर्ब नाघ्यो सेयर कारोबार

images

सत्कार खबर
  • २०८१ साउन २४, बिहीबार
  • 846
    SHARES
  • सामान्य अंकले बढ्यो नेप्से, २० अर्ब नाघ्यो सेयर कारोबार

     

    काठमाडौं :साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ ।अघिल्लो दिन १७ अर्ब ९५ करोडको कारोबार भएको थियो ।

    नेप्से परिसूचक भने यस दिन ६.७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २७६६ अंकमा कायम भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रह्यो ।

    उत्पादन समूह सबैभन्दा धेरै ५.८७ प्रतिशत बढ्यो । बैंकिङ ०.५५, विकास बैंक ०।६७, फाइनान्स ०.४२, होटल तथा पर्य६न १.२७, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.४४ तथा अन्य समूह ०.५५ प्रतिशत घटे । लगानी १.३३, हाइड्रोपावर ०.८७, निर्जीवन बीमा ०.०७ तथा ब्यापार समूह ०.४७ प्रतिशत बढे ।

    ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ