२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : न्युजिल्याण्डलाई १९० रनले हराउँदै दक्षिण अफ्रिकाको सानदार जित

images

  • २०८० कात्तिक १५, बुधबार
  • 1.1K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : न्युजिल्याण्डलाई १९० रनले हराउँदै दक्षिण अफ्रिकाको सानदार जित

    कात्तिक १५, काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १९० रनले हराएको छ।

    अफ्रिकाले दिएको ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३५.३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाएका थिए। यस्तै, विल यंगले ३३ रन र डेरिल मिचेलले २४ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 


    बलिङमा अफ्रिकाका केशव महाराजले सर्वाधिक ४ र मार्को जेन्सेन ३ विकेट लिएका थिए। यस्तै, जेराल्ड कोट्जी २ तथा कागिसो रबाडाले १ विकेट लिएका थिए।

    टस हारेर पहिला ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका क्विन्टन डी ककले र रेस्सी वेन डेर डुसन शतक बनाएका छन्। दक्षिण अफ्रिकाका बायाँ हाते ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा चौथो शतक  हानेका छन्।

    डी ककले ११६ रन र रेस्सी वेन डेर डुसनले १३३ रन बनाएका थिए। यस्तै, डेभिड मिलरले ५३ रन र कप्तान तेम्बा बभुमाले २४ रन तथा  हेनरिच क्लासेनले १५ रन बनाएका थिए।

    बलिङमा न्युजिल्याण्डका टिम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निशमले समान १/१ विकेट लिएका थिए।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ