२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

फास्टट्रयाक अनुगमनका लागि प्रधानमन्त्री ओली जाँदै

images

  • २०८१ साउन २१, सोमबार
  • 686
    SHARES
  • फास्टट्रयाक अनुगमनका लागि प्रधानमन्त्री ओली जाँदै

    काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमणका आज त्यसतर्फ जान लाग्नु भएको छ। । 

    धेद्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं-निजगढ सुरुङको ब्रेक थ्रू का लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी  दिनु भयो ।

    प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार ओली आज हेटौंडासम्म पुग्ने कार्यक्रम रहेको छ। ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ।

      

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ