२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयले  गरे सडक अवरुद्ध

images

सत्कार खबर
  • २०८१ साउन २०, आइतबार
  • 966
    SHARES
  • दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयले  गरे सडक अवरुद्ध

    काठमाडौं :दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्। 

    शनिबार राति ८ बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही( १५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो। 

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ