काठमाडौं : काठमाडौंको सामाखुशीमा रहेको सिटी स्क्वायर महलमा क्युएफएक्स चेनको नयाँ हल खुलेको छ ।
बिहीवार साँझ अभिनेता किरण केसी, रमेश उप्रेती, जितु नेपाल, प्रदीप खड्का, गायक प्रकाश सपुत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा हलको उद्घाटन गर्नुभएको थियो ।
तीनवटा पर्दा रहेको हलमा ४९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्नेछन् । सिटी स्क्वायर महलको नवौँ तलामा खुलेको हलको ११ औँ र १२ औँ तलामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरे कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ । हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने सिट जडान गरिएको छ ।



