२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो ३५८ रनको लक्ष्य, विश्वकपमा डि ककको चौथो शतक

images

  • २०८० कात्तिक १५, बुधबार
  • 1.1K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो ३५८ रनको लक्ष्य,  विश्वकपमा  डि ककको चौथो शतक

    कात्तिक १५, काठमाडौं : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच खेल भइरहेको छ। दक्षिण अफ्रिकाले न्युजिल्याण्डसामु जितका लागि ३५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो।

    दक्षिण अफ्रिकाका क्विन्टन डी ककले र रेस्सी वेन डेर डुसन शतक बनाएका छन्। दक्षिण अफ्रिकाका बायाँ हाते ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा चौथो शतक  हानेका छन्। डी ककले  ११६ रन र रेस्सी वेन डेर डुसनले १३३ रन बनाएका थिए। यस्तै, डेभिड मिलरले ५३ रन र कप्तान तेम्बा बभुमाले २४ रन तथा  हेनरिच क्लासेनले १५ रन बनाएका थिए।

    बलिङमा न्युजिल्याण्डका टिम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निशमले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ