२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विश्व बैंकको ३३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

images

सत्कार खबर
  • २०८१ साउन १४, सोमबार
  • 1.1K
    SHARES
  • विश्व बैंकको ३३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

     काठमाडौं: सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ ।

    साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनु भएको छ । 

    बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शून्य दशवल९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय उहाँले बताउनु भएको छ । 

    त्यस्तै बैठकले बिभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले  जानकारी दिनुभयो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ