२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम शुरु गरिसक्यो': मन्त्री पाण्डे

images

सत्कार खबर
  • २०८१ साउन १३, आइतबार
  • 686
    SHARES
  • सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम शुरु  गरिसक्यो': मन्त्री पाण्डे

      काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम शुरु गरिसकेको बताउनु भएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उँहाले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमन गरी आवश्यक विवरण लिएको बताउनु भएको हो । 
     आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डेटा रेकर्डर ९एफडीआर० संकलन गरी डेटा विश्लेषणको तयारी गरिएको उहाँको भनाई छ ।

    धभद्धअन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली–२०७१ अनुरुप जाँचबुझ आयोग गठन गरिएको हो। 

    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समय र शून्य समयमा सांसदहरुले विमान दुर्घटनाको बारेमा प्रश्न गरेका थिए।

    पर्यटनमन्त्री पाण्डेले विमान दुर्घटनाबारे जाँच गर्न समिति बनिसकेको र सरोकारवाला विभिन्न निकायसँग परामर्श गरिएको भन्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नु भयो । 

    उहाँले विमान दुर्घटनाको भोलिपल्टै संसद्को अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल गरिएको बताउनु भयो ।पर्यटनमन्त्रीका अनुसार यमनी नागरिकबाहेक मृतक सबैको शव आफन्तले बुझिसकेका छन्। 

    यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको तथा शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले बेहोरेको छ।

    पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा परी मृत्यु भएका सबैप्रति मन्त्रालय र व्यक्तिगततर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते चालकदलका सदस्य क्याप्टेन मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भयो ।

    विमान दुर्घटनामा मृत्यु भएकालाई बीमा नीतिअनुसार सरल र सहज रुपमा उपलब्ध गराउन कम्पनीले प्रतिबद्धता जनाएको छ। बीमा नीति अतिरिक्त एयरलाइन्सबाट ७ लाख रुपैयाँको सामाजिक सुरक्षा कोषसमेत रहेको छ।

    नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मन्ट्रियल सन्धि अनुमोदन गरिसकेको र उक्त व्यवस्था अन्तरराष्ट्रिय हवाई यात्रुमा मात्रै लागू हुने भएकाले आन्तरिक उडानका लागि यात्रुको बीमा कम भएकाले आन्तरिक उडानका लागि बीमा विधेयक तर्जुमाको काम अघि बढिसकेको पर्यटनमन्त्रीले बताए। 

    हाल आन्तरिकमा यात्रु उडानका लागि २० हजार अमेरिकी डलर बीमा व्यवस्था गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ