काठमाडौं :सौर्य एयरको विमान दुर्घटनामा निधन भएका १८ जनामध्ये ५ जनाले शव परिवारले बुझेका छन्।
त्रिवि शिक्षण अस्पतालमा राखिएका शवहरूको पहिचान सहितको पोस्टमार्टम सकिएपछि शुक्रबार परिवारलाई शव बुझाइएको हो।
शुक्रबार सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलाको शव परिवारलाई बुझाइएको केन्द्रीय प्रहरी जनाएको छ । बाँकीलाई भोलि शनिबार पनि शव बुझाइने बताइएको छ ।
बुधबार त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । विमानका पाइलट मनिष रत्न शाक्य घाइते भएका छन्। घाइते पाइलट शाक्यको हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।



