२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मौद्रिक नीतिले अब निजी क्षेत्रको आत्मबल बढाउँछ : अध्यक्ष ढकाल

images

सत्कार खबर
  • २०८१ साउन ११, शुक्रबार
  • 1.5K
    SHARES
  • मौद्रिक नीतिले अब निजी क्षेत्रको आत्मबल बढाउँछ : अध्यक्ष ढकाल

    काठमाडौं :नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राख्नु भयो ।

    शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले  १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउन भएको हो ।

    उहाँले निर्माण व्यवसायीको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गर्नुभयो । उहाँले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताउनु भयो।

    उहाँले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताउनु भयो ।उहाँले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा विस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको उल्लेख गर्नुभयो ।

    अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको पनि बताउनु भयो । उहाँले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताउनु भयो । 

     निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भए पनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको अध्यक्ष ढकालको भनाईछ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ