२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

३२ अंकले बढ्यो नेप्से,१४ अर्ब १३ करोडको कारोबार

images

सत्कार खबर
  • २०८१ साउन १०, बिहीबार
  • 566
    SHARES
  • ३२ अंकले बढ्यो नेप्से,१४ अर्ब १३ करोडको कारोबार

     काठमाडौं :धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अंकले बढेर २ हजार ५६८ दशमलव ११ मा पुगेको छ। 

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ९ अंकले उकालो लागेर ४६० दशमलव शून्य ३ मा पुगेको छ।  कूल ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ मूल्यमा कारोबार भयो। 

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ।  ९ उपसमूहको शेयर मूल्य भने बढेको छ।  नेप्सेका अनुसार उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ। 

    गणपति लघुवित्त ९ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले कमाएका छन्। मितेरी डेभलपमेन्ट बैंक ७ दशमलव ६५, माण्डू हाइड्रोपावर ४ दशमलव ६८, एसबिएल डिबेञ्चर ३ दशमलव ९२, कालिका पावर कम्पनी ३ दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतले गुमाएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ