२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बागमतीका मुख्यमन्त्री लामाको शपथ आज, मन्त्रिपरिषद्लाई पूर्णता आजै दिने

images

सत्कार खबर
  • २०८१ साउन ९, बुधबार
  • 431
    SHARES
  • बागमतीका मुख्यमन्त्री लामाको शपथ आज,  मन्त्रिपरिषद्लाई पूर्णता आजै दिने

     काठमाडौं: बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै हुनुहुन्छ ।

    नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताउनु भएको छ ।

    मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ