काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले ५ अर्बको रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र बिक्रीका लागि ग्लोबल आईएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।
बैंकले वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने ‘ग्लोबल आईएमई बैंक ऋणपत्र २०९१र९२’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको छ ।
जारी युनिटको ४० प्रतिशत अर्थात् २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् २ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने छ ।
१० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ ।ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो ।
बैंकका १ हजार १०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू छन् ।



