२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालमा मनसुनपछि बाढीपहिरोमा परी १२८ को मृत्यु, १४३ जना घाइते

images

सत्कार खबर
  • २०८१ साउन ५, शनिबार
  • 651
    SHARES
  • नेपालमा मनसुनपछि बाढीपहिरोमा परी १२८ को मृत्यु, १४३ जना घाइते

    काठमाडौं: नेपालमा मनसुनपछि बाढीपहिरोलगायत विपद्‍मा परेर १२८ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी १२८ जनाको मृत्यु भएको हो।

    बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको नेपाल प्रहरीले  जनाएको छ । 

    यस्तै काठमाडौँ उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चि म प्रदेशमा १४ जना गरी जम्मा १४३ जना घाइते भएका छन्। 

    प्रहरीका अनुसार कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चि३म प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्दार गरिएको छ।​

    बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिेम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन्।

    बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका तथा २२८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

    ५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७७९ घर परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ