२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 अहिलेको चुनौति निराशा चिर्ने, आशा जगाउने होः अर्थमन्त्री पौडेल

images

सत्कार खबर
  • २०८१ साउन ३, बिहीबार
  • 511
    SHARES
  •  अहिलेको चुनौति निराशा चिर्ने, आशा जगाउने होः अर्थमन्त्री पौडेल

    काठमाडौं:उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौति निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताउनुभएको छ ।  बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको आफ्नो चुनौति निराशा चिर्ने र आशा जगाउने रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबैकुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताउनु भयो ।

    उहाँले अहिलेका चुनौतिका समस्याहरुको सामना गर्न आफू लागिपरेको पनि बताउनु भयो । अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताउनु भयो ।

    उहाँले यि दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने बताउनु भयो । उहाँले वर्किङ क्यापिटल गाइडलाइनले इण्डस्ट्री, निर्माण क्षेत्रलाई र थोक खुद्रा व्यापारलाई असर गरिरहेको बताउनु भयो । उहाँले भारतमा लागू भएर असफल भएको नीति नेपालमा लागू गर्दा सफल नभइने बताउनु भयो । 
    ’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ