२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शेयर बजार ५४ अङ्कले बढ्यो,  १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

images

सत्कार खबर
  • २०८१ साउन २, बुधबार
  • 1.2K
    SHARES
  • शेयर बजार ५४ अङ्कले बढ्यो,  १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार


    काठमाडौं: साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.५० प्रतिशतले बढेर ४१९.७७ विन्दुमा अडिएको छ । अघिल्लो कारोबार दिन  मंगलबार नेप्से परिसूचक ७० अंक बढीले बढेको थियो।

    सोदिन ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३०६ स्क्रिप्सको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भएको थियो । सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढ्दा सिंगति हाइड्रोपावरको ९.९७,आँखु खोला जलविद्युतको ९.९५,मन्दाकिनी हाइड्रोपावरको ९.९०  र सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८७ प्रतिशतले बढ्यो ।

    सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९० प्रतिशतले घट्यो । यस दिन कारोबार रकमका आधारमा सिंगति हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २३ करोड ५५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २२ करोड,सोनापुर मिनरल्सको २० करोड रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका २०४ स्टकको मूल्य बढ्दा ३२ वटाको घट्यो भने ६ वटाको मूल्य भने स्थिर रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ