२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौं महानगरले गर्‍यो १२५ योजनाको डीपीआर तयार

images

सत्कार खबर
  • २०८१ साउन १, मंगलबार
  • 591
    SHARES
  • काठमाडौं महानगरले गर्‍यो १२५ योजनाको डीपीआर तयार


    काठामाडौं : काठमाडौं महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०र८१ मा १२५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ ।

    १ अर्ब ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ बराबरको योजनाका ड्रइङ, डिजाइनिङ, लागत अनुमानसहितको डीपीआर तयार पारेको महानगरले जनाएको छ ।

    डीपीआर तयार भएका ५८ योजना वडाहरूबाट माग भएर आएको महानगरको भनाइ छ । सम्पदा तथा पर्यटन विभागका २८, हरियाली आयोजनाका १३, सार्वजनिक निर्माण विभागका ६, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३र३ वटा योजनाका डीपीआर तयार भएका छन् ।

    यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १र१ वटा आयोजनाका डीपीआर तयार भएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ