२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नयाँ अर्थमन्त्री आएकै दिन घट्यो नेप्से,पौने ९ अर्बको कारोबार

images

सत्कार खबर
  • २०८१ असार ३१, सोमबार
  • 1.3K
    SHARES
  • नयाँ अर्थमन्त्री आएकै दिन घट्यो नेप्से,पौने ९ अर्बको कारोबार

     

    काठमाडौं: नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएकै दिन सेयर बजार भने १७.१८ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २२४० अंकमा कायम भएको छ । अघिल्ला दिनहरुमा उच्च दरले बजार बढेकाले सोमबार लगानीकर्ता नाफा बुक गर्नतिर लागेपछि बजार झरेको हो ।

    बजार घट्दा कारोबार रकम भने उच्च छ । अघिल्लो दिन ७ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । कुल ५६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने २ को स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै १।७ प्रतिशत बढ्यो भेन विकास बैंक समूह १.८९ प्रतिशत घट्यो ।

     

    बैंकिङ १८, विकास बैंक ८५, फाइनान्स १३, होटल तथा पर्यटन १००, जीवन बीमा १८१, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १०२, अन्य २० र व्यापार समूह १६ अंक घटे । हाइड्रोपावर २०, लगानी १.४, उत्पादन ८ अंक बढे । माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

    निफ्राको ७, दोल्ती पावरको ६.९, गुहेश्वरी फाइनान्सको ६।३, माइखोला हाइड्रोपावरको ५.६, युनिलिभरको ५.३, ग्रिन भेन्चरको ४ प्रतिशत मूल्य बढ्यो । जानाकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । सामलिङ पावरको ४.१, नेपाल वेयरहाउजिङको ४.१, आशा लघुवित्तको ४ प्रतिशत मूल्य घट्यो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ