२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

images

  • २०८१ असार २५, मंगलबार
  • 721
    SHARES
  • बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

    काठमाडौँ : सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रञ्जुकुमारी झाले वर्षाका कारण सप्तकोशी नगरपालिकाका धेरै स्थान जलमग्न भएको बताउनुभयो ।  सांसद श्यामकुमार घिमिरेले सरकारले बाढीपहिरोबाट क्षति हुन नदिन योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “बिना योजना बस्ती बनाउँदा धेरै क्षति भएको छ । अधिकांश स्थानमा सडक अवरुद्ध छ”, उहाँले भन्नुभयो, “सडक निर्माणका लागि आवश्यक बजेट छुट्याइनुपर्छ ।”

    सांसद प्रेम सुवाल, रामप्रकाश चौधरी र चित्रबहादुर केसीले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ