२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रभु बैंकका ग्राहकलाई टी थ्री थकालीमा १० प्रतिशत छुट

images

  • २०८१ असार २३, आइतबार
  • 941
    SHARES
  • प्रभु बैंकका ग्राहकलाई टी थ्री थकालीमा १० प्रतिशत छुट

    काठमाडौँ : प्रभु बैंक र टी ३ थकाली एन्ड मल्टी फुड ग्यालरीबीच छुट सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र ग्राहकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिक रहेको टी ३ ले आफ्ना सेवामा छुट दिने सम्झौता गरिएको हो ।

    उक्त सम्झौतापत्रमा प्रभु बैंकका वाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईं र टी ३ थकाली ग्रुपका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचनले हस्ताक्षर गरेका छन् ।

    सम्झौताका अनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेस्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


    यो रेस्टुरेन्टले २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ जाने जो कोहीले नान, तन्दुरी, सेकुवा जस्ता परिकार २४ घण्टा नै पाउने बताइएको छ । ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् सेवा दिँदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ