काठमाडौँ : दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सात इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको जानकारी दिएको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै ती सेवा प्रदायकको इन्टरनेट र इमेल सेवाको अनुमतिपत्र खारेज भएको बताएको हो।
यी सात सेवा प्रदायकले “दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले,“लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम ती सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको हो।
यी हुन् खारेज भएका कम्पनी :



