२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्र्तक्रिया सम्पन्न

images

  • २०८१ जेठ २७, आइतबार
  • 521
    SHARES
  • औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्र्तक्रिया सम्पन्न

    काठमाडौँ : औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषले शुक्रबार आधा दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नविन सुरक्षण कार्यक्रमहरुमार्फत् सुचना प्रविधि क्षेत्रको वृद्धि गरी नेपाल सरकारको सुचना प्रबिधिलाई आत्मसाथ गर्ने अभिप्रायले कार्यक्रम सञ्चालन गरिएको हो ।

    कार्यक्रममा ‌औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको तर्फबाट ई. उमेश कुमार गुप्ता, नास आईटीका प्रमुख, क्यान फेडेरेशनका विभिन्न पदाधिकारीहरु, काठमाडौं महानगरपालिका कर्मचारीहरु,बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु तथा उच्च पदस्थ कर्मचारीहरु, सुचना प्रबिधि कम्पनीका सञ्चालक तथा कर्मचारीहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरु पत्रकारहरु सहित ९० जनाको सहभागीता रहेको थियो ।

     

    कोषका प्रबन्धक मन्दीरा थपलियाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले आइसब्रेक गर्दै कोषले प्रस्ताव गरेको सुचना प्रबिधि सम्बन्धी तीन ओटा कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभयो ।बैंक वित्तीय संस्थाहरुले प्रबाह गर्ने कर्जाको मोडालिटी, कर्जा लिनेको कर्तव्य, भुक्तानी तरिकाआदिको बारेमा प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनुभयो ।

    कार्यक्रममा खुला छलफलमा सहभागीहरुको तर्फबाट आएका विविध टीका टिप्पणीहरुको बारेमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले थप प्रष्ट पार्नुभयो । ‌औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका ई. उमेश कुमार गुप्ताले समग्र कार्यक्रमको सार सहित कार्यक्रम सुरुवातको पृष्ठभूमि तथा प्रतिष्ठानको जानकारी सहित कार्यक्रम नतिजामूखी हुने कुरामा विश्वास दिलाउनुभयो ।

    सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मनन गर्दै सुरक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोष कटिबद्ध रहेको र सुचना प्रबिधि कम्पनी र बैंङ्क वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं कोषका लागि अपरिहार्य रहने हुँदा सहयोगको सदैव अपेक्षा सहित कार्यक्रमको सन्दर्भमा पुनः छलफल गर्ने प्रतिवद्धता सहित कार्यक्रम समापन गरिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ