२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा सामान्य अङ्कको गिरावट, ४ अर्ब ३८ करोडको कारोबार

images

  • २०८१ जेठ २४, बिहीबार
  • 1.1K
    SHARES
  • नेप्सेमा सामान्य अङ्कको गिरावट, ४ अर्ब ३८ करोडको कारोबार

    काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। आज बिहीबार नेप्से परिसूचक १.९३ अंक घटेर २०७७.७८ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.२७ अंक, फ्लोट इण्डेक्स ०.३५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।

    आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत, तथा लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक २.०८ प्रतिशत घटेको छ।

    आज १०१ कम्पनीको मूल्य बढेको छ भने १३५ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ११ कम्पनीको मूल्य स्थिर रहेको छ। आज तीन कम्पनीको शेयर सर्किट लागेको छ जसमा इमर्जिङ्ग नेपाल, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर रहेका छन् । त्यस्तै, माई खोला हाइड्रोपावरको शेयर सर्वाधिक ६.४० प्रतिशत घटेको छ।

    नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। हिजो ३ अर्ब ९९ करोडको शेयर किनबेच भएको नेप्सेमा आज ३२२ कम्पनीको ५८ हजार ७ सय ४८ पटकको कारोबारमा ४ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरको ८६ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ।

    यस्तै आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थान १८ करोड ६८ लाख, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १४ करोड तथा पोखरा फाइनान्सको १४ करोडको शेयर किनबेच भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ