२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सानिमा रिलायन्सले कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल

images

  • २०८१ जेठ २१, सोमबार
  • 981
    SHARES
  • सानिमा रिलायन्सले कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल

    काठमाडौँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ। जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो।

    टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफ कै स्वस्तीका कार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन। साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफ कै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए।

    विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए। आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्सविच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ।


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ